साउन २७, धादिङ । धाडिङको सिम्लेमा पहिरो गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङ जिल्लाको सिम्ले बन्ने ठाउँमा पहिरो गएको छ।
थाक्रे
गाउँपालिका-३ स्थित सडकमाथिबाट आज बिहान ८:१५ बजे तिर पहिरो खसेपछि राजमार्गमा
सवारी आवागमन अवरूद्ध भएको हो।
पहिरोका
कारण बिहान आधा घन्टाजति सवारी आवागमन पूर्ण अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय
धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार
पहिरोसँगै
खसेको ठुलो ढुंगा पनि सडकमा खसेपछी अहिले पन्छाउन समय लागेको छ ।
एसपी
मिश्रले राजमार्ग एकतर्फी सञ्चालन भइरहेको जानकारी दिएका छन।
- न्युज बहार संवाददाता