Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई ठाउँमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा ।

  •   ३ वर्ष अघि | २८ साउन २०८०, आइतवार

साउन २८, काठमडौँ । दुई ठाउँमा गएको पहिरोको कारण पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा भएको छ।

पहिरोको कारण सडकमाथिबाट खसेको ढुंगाले सडकलाई एक तर्फी बनाएको हो ।

धादिङको थाक्रे गाउँपालिका-३ सिम्लेमा शनिबार बिहान पहिरोसँगै सडकमाथिबाट ठूलो ढुंगा खसेको थियो।

अहिले पहिरो पन्छाएर सडक एकतर्फी बनाइएको भएपनि पानी निरन्तर  परिरहेका कारण ढुंगा पन्छाउँदा माथिबाट थप पहिरो खस्ने जोखिम रहेकाले पानी रोकिएपछि पन्छाउने  काम सुरू गरिने नागढुंगा-मलेखु सडकका इन्जिनियर जयराम अधिकारीले जानकारी दिएका छन।

त्यसैगरी यता तनहुँको आबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा पनि शनिबार साँझ खसेको भीमकाय ढुंगा अझै हटाइनसक्दा सडक एकतर्फी भएको छ । 

  • न्युज बहार संवाददाता

थप