Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रामबहादुर बमजनको घरबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ सहित डलर लगायत अरू करेन्सी पनि बरामद

  •   ३ वर्ष अघि | २५ पुस २०८०, बुधबार

पुस  २५, काठमाडौँ । अहिलेसम्म प्रहरीले तपश्वीको भेषमा विभिन्न आश्रममा अपराधको श्रृंखला मच्चाएका रामबहादुर बमजनको घरबाट ३ करोड ३ लाख नेपाली रूपैयाँ फेला पारेको छ।

बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन  विदेशी मुद्रा पनि फेला परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण ब्रजाचार्यका अनुसार बमजनको घरबाट बरामद भएका नगत नेपाली रूपैयाँ गनेर सकिएको छ र उक्त नगद तीन करोड तीस लाख ७५ हजार रहेको छ, सबै हजार हजारको गड्डीहरू भेटिएको र  अब बरामद भएको विदेशी पैसा गन्न बाँकी रहेको छ भने त्यसमा डलर लगायत अरू पनि करेन्सी रहेका छन् ।

बमजनको घरबाट ३५ वटा पेनड्राइभ, १५ वटा मोबाइल र तीनवटा ल्यापटप पनि बरामद गरिएको छ।

बमजनले अहिलेसम्म धेरै कुरा बोल्न नमानेको र आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्रै बताएको सिआइबी प्रमुख ब्रजाचार्यले जनाएकी छन ।

बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट प्रहरीले मंगलबार उनलाई पक्राउ गरेको थियो।

  • न्युज बहार संवाददाता

थप