माघ २८, काठमाडौँ । राष्ट्रपति
विद्यादेवी भण्डारीले शनिबार रात्रिभोज आयोजना गरेकी छन्।
नवनिर्वाचित
संघीय सांसद सांसदहरूका लागि शनिबार बेलुकी राष्ट्रपति निवासमा रात्रिभोजको
कार्यक्रम आयोजना गरिएको छ । अर्चना खड्का राष्ट्रपतिको कार्यालयकी सूचना अधिकारी जानकारी दिइन्।
खड्काका
अनुसार संघीय संसदका सदस्यहरूलाई रात्रिभोजका लागि बोलाइएको हो। आजको
रात्रिभोजमा प्रधानमन्त्री, मन्त्री, संवैधानिक आयोगका पदाधिकारीलगायतलाई
निम्ता दिइएको छ।
रात्रिभोजको
आयोजना शीतल निवासमा गरिएको छ।
यही आउँदो फागुन २५ गते नयाँ राष्ट्रपतिको
निर्वाचन हुँदैछ भने विद्यादेवी भण्डारीको फागुन २८ गते कार्यकाल सकिँदै छ।
राष्ट्रपतिको
कार्यकाल सकिने बेलामा भण्डारीले
रात्रिभोजको कार्यक्रम आयोजना गरेकी हुन्।