बैशाख २०, धादिङ। धादिङ जिल्लाको धुनिबेशि नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेशखोलाको पुल फेरी भासिएको छ।
आज बुधबार पुलमा भ्वाङ परेर भासिएपछि दुबैतर्फको सडक अवरूद्ध भएको छ। सरवारीसाधनहरु रोकिएका छन।
धादिङ प्रहरीका डिएसपी सन्तु जैसवालले गणेशखोला पुल बुधबार मध्याह्न १२ बजेतिर फेरि भासिएको जानकारी दिएका छन।
उनले भने ‘अहिले बाटो पूर्ण रूपमा अवरूद्ध छ,’ ।
गणेशखोला
पुलको मुखको सडक सोमबार पनि भासिएको थियो। सडक भासिएपछि १६ घण्टा लगाएर ग्याबिन
वाल लगाइएको थियो तर आज फेरि पुलको अर्को ठाउँको
सडक भासिएपछी सवारी साधन ठप्प भएको छ।
- न्युज बहार संवाददाता