Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

क्रिकेटर सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने

  •   ३ वर्ष अघि | १४ पुस २०८०, शनिबार

पुस १४, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । 

शुक्रबार जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो । किशोरी साबालिग रहेको ठहर पनि जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको थियो । 

सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले अदालतको आदेशपछि जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि आफुहरु उच्च अदालत जाने बताएका छन ।

घिमिरेले भने ‘हामी हाम्रो पक्ष दोषी होइन भन्ने कुरामा विश्वस्त छौँ र थप कानुनी उपचारका लागि उच्च अदालत जानेछौँ।'

  • न्युज बहार संवाददाता

थप