Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

क्रिकेटर सन्दिप लामिछानेको मुद्दाको सुनिवाई बन्द ईजलासमा हुदै ।

लैंगिक हिंसा लगायतका मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सक्ने व्यवस्था रहेको छ ।

  •   ४ वर्ष अघि | १४ फाल्गुन २०७९, आइतवार

फागुन १४, काठमाडौं । आज सर्वोच्च अदालतमा सन्दीप लामिछानेको मुद्दा बन्द इजलासमा सुनुवाइ हुने भएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको पक्षमा आएको इजलासलको मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न आदेश दिइएको हो । उच्च अदालत, पाटनको बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएका लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारले दिएको निवेदन र क्रिकेट खेल्न विदेश जाने अनुमति दिन सन्दिप लामिछानेले दिएको निवेदन गरि दुबै निवेदन आज न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासमा परेको थियो ।

सन्दीपका वकिलले सरकारी निवेदनमाथि सुनुवाइ सुरु गर्नुअघि बन्द इजलासमा सुनुवाइ गर्न माग गरेका हुन । लैंगिक हिंसा लगायतका मुद्दा बन्द इजलासमा सुनुवाइ गर्न सक्ने व्यवस्था रहेको छ र सोही व्यवस्थाका आधारमा इजलासको आदेशपछि बन्द इजलास सुरु भएको छ, जसमा सरकारी पक्षका वकिल र सन्दीप पक्षका वकिल मात्र सहभागी छन् ।

थप