Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रूसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको पुष्टि

  •   ३ वर्ष अघि | १ चैत्र २०८०, बिहिबार

चैत १, काठमाडौँ । रूसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको पुष्टि परराष्ट्र मन्त्रालयले गरेको छ । 

परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै रूसी सेनामा कार्यरत थप सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

यसअघि पनि सरकारले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । त्यसपछी थप सात जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको हो ।  यो सँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या अब १९ पुगेको छ ।

परराष्ट्रले बिहीबार निकालेको विज्ञप्ति अनुसार आज मृत्यु हुनेमा उदयपुरका पदमबहादुर घिमिरे, जाजरकोटका नवीन शाही, धादिङका पूर्णबहादुर गुरूङ, बागलुङका जितबहादुर विक, बाँकेका संजय केसी, झापाका गंगाराम अधिकारी र रसुवाका सुन्दर मोक्तानको रहेका छन ।

  • न्युज बहार संवाददाता

थप