बैशाख २६, काठमाडौँ। आज मंगलबार देखि कक्षा १२ को परीक्षा सुरू हुँदै छ। परीक्षा आज बिहान अब केही बेर पछी ८ बजेबाट सुरू हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेको जानकारी दिएका छन।
कक्षा १२ परीक्षाका लागि देशभरमा एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
- न्युज बहार संवाददाता