Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

लुम्बिनी प्रदेशमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान।

जनप्रतिनिधिलाई समेत अभियानमा जोडेर औषधि वितरण।

  •   ४ वर्ष अघि | १४ फाल्गुन २०७९, आइतवार

फागुन, १४ दाङ । हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान फागुन ११ गते देखि यता देशभर चलिरहेको छ । जनप्रतिनिधि पनि सहभागी भएका हात्तीपाइल विरुद्धको औषधि सेवन अभियानमा विगतका वर्षमा भने स्वास्थ्यकर्मी र स्वयंसेविकाले खुवाउँदै आएको थिए ।

लुम्बिनी प्रदेशका तीन जिल्लामा अघिल्ला वर्षहरुमा लक्ष्य अनुसारको जनसंख्याले औषधि नखाइदिंदा १३ वर्षसम्ममा पनि हात्तीपाइले रोग निवारण हुँन सकेको छैन । यहीकारण यो वर्षदेखि भने जनप्रतिनिधिलाई समेत अभियानमा जोडेर औषधि वितरण र औषधी खुवाउने काम भइरहेको छ ।

लुम्बिनी प्रदेशका बाँके, दाङ, र कपिलवस्तुमा स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधि पनि घर-घरमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउन पुगिरहेका छन् । औषधि वितरण र सेवन अभियानमा वडाका अध्यक्षदेखि सदस्य नियमित जसो स्वास्थ्यकर्मीसँगै गाउँ बस्ती गइरहेका छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन महाशाखाका जनस्वास्थ्य निरीक्षक विमल केसी भन्छन् ‘हात्तीपाइले औषधिबारे फैलिएका र फैलाइएका भ्रमहरुले गर्दा औषधि खुवाउँन एक दमै समस्या भइरहेको थियो’, ‘यसपालि जनप्रतिनिधिलाई पनि स्वास्थ्यकर्मीसँगै हिडाएर औषधि खुवाउने अभियान थाल्दा केही हद सम्म सजिलो भएको छ।’

थप