Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बसन्त कुँवर बने नेपाल प्रहरीको नयाँ प्रमुख। (आईजिपी)

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

चैत १०, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नेपाल प्रहरीको प्रमुखमा नियुक्त भएका छन् ।

कुँवरलाई शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन।

आईजीपी बढुवाको दौडमा कुँवरसहित एआईजीहरु दीपक थापा, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली प्रतिस्पर्धामा रहेका थिए। सरकारले आईजीपीको यस  प्रतिस्पर्धामा वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको छ।

हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

  • न्युज बहार संवाददाता

थप