भदौ
११, काठमाडौँ । पुनः एकपटक बञ्चरेडाँडा क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर
फाल्दै आएको बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले संघीय सरकार र काठमाडौं
महानगरपालिका समेतले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असोज १ गतेदेखि फोहोर फाल्न
रोक लगाउने बताएका छन।
बञ्चरेडाँडा
संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले भने ‘फोहोर र मानिस सँगै बस्न सक्दैनौँ।
हामीलाई यहाँबाट हटाइयोस् र फोहोरको सही ढंगले व्यवस्थापन होस् भनेर प्रधानमन्त्री
कार्यालय, काठमाडौँ महानगरपालिकासम्मलाई पटक पटक ध्यानाकर्षण गरायौँ तर, कतैबाट पनि सुनुवाइ भएन।’
अर्को
तर्फ याहाँ फालिएको फोहोरको दुर्गन्धका कारण ओखरपौवा, चाउथे, ककनीसम्मका बासिन्दा घरमा बस्ने नसक्ने भएको
गुनासो आएको छ । उनले भने यसको कारण धादिङ, धुनिबेसी नगरपालिका–१ का स्थानीय बढी चपेटामा परेको छन ।
उनले भने, ‘सधैँ यही एउटै कुरा गरेर आन्दोलित
भइरहनुभन्दा असोज १ गतेबाट पूर्ण रूपमा फोहोर फाल्न रोक लगाउने निर्णय गरेका छौँ।’
यसबीच उनले
२७ वटा निकायलाई ध्यानाकर्षण पत्र बुझाएको छन ।
- न्युज बहार संवाददाता