Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित

  •   ३ वर्ष अघि | २८ मंसिर २०८०, बिहिबार

मंसिर २८,  बागलुङ । बागलुङ जिल्लामा जथाभावी फोहर फाल्दा त्याहाँको बडिगाडखोला दुर्गन्धित बन्न पुगेको छ ।

फोहरको ढङ्गुरले बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार भरिएको छ । त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै दैनिक हजारौँ यात्रु यात्रा गर्छन् । बागलुङको बुर्तिबाङ बजार दश नमूना सहरमध्येमा पर्ने सहर हो । त्याहाँ बस्ती विस्तारसँगै जनघनत्व बढ्ने क्रममा छ । यसैको गर्दा कारणले दैनिक फोहर पनि बढ्दै गएको छ ।

ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा बजारबाट निस्कने फोहर फाल्ने गरिएको छ । छ वर्षदेखि नगरपालिकाले तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ ।

बजारको फोहर फाल्ने ठाउँ साँघुरो रहेको र त्याहाँ फालेको सबै तमानखोलामा पुग्ने गरेको छ । खोलामा फालेको फोहोर पुनः खोलाले बगाएर बजारसम्म पुर्‍याउँछ । फोहरले तमानखोला प्रदूषित बनेको छ ।

तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा मिसिने गरेको छ ।

देशकै नमूना सहर भनिए पनि नगरपालिका र नयाँ सहर आयोजना फोहर व्यवस्थापनमा चुकेको छ ।

यात्रुहरुलाई सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण समस्या भएको  छ । नगरपालिकाको गाडीले बुर्तिबाङ बजारको फोहर दैनिक यही ल्याएर फ्याक्ने गर्छ । एकै ठाउँमा कुहिने तथा नकुहिने सबै फोहर फालिँदै आइएको छ ।

  • न्युज बहार संवाददाता

थप