वैशाख १२, काठमाडौँ । गोरखाको बारपाक केन्द्रविन्दु भएर १० वर्षअघि गएको भूकम्पको स्मृति गरिरहेका बेला आज वैशाख १२ गते भुकम्प गएको छ ।
राष्ट्रिय
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको फुल्पिङकोट
केन्द्रविन्दु भएर आज शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको
भूकम्प गएको हो ।
२०७२ साल
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको
थियो ।
आज बिहान
गएको भूकम्पको धक्का सिन्धुपाल्चोक लगायत आसपासका केही जिल्लाहरुमा पनि महसुस भएको
थियो ।
- न्युज बहार संवाददाता