Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

अपहरणमा परेको भनेर भ्रम फैलाउने २ जना पक्राउ।

  •   ३ वर्ष अघि | ५ जेष्ठ २०८०, शुक्रबार

जेठ ५, झापा। प्रहरीले आफूहरु अपहरणमा परेको भनेर भ्रम फैलाउने झापाका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फूलबहादुर गौतम दर्जीलाई नियन्त्रणमा लिएको छ।

वैशाख ३१ गते नेपाल विद्यार्थी संघका कार्यकर्ताले भ्रष्टाचारविरूद्ध बुधबारेमा आयोजना गरेको विरोध कार्यक्रमविरूद्ध फेसबुकबाट अभिव्यक्ति दिएर सुहाङ सुनियोजित रूपमा बेपत्ता भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र रिजालले बताएका छन।

सुहाङले नेविसंघका कार्यकर्तासँग विवाद परेको कारण अपहरण गरिएको भन्ने भ्रम सिर्जना गर्न आफ्नै छिमेकी साथी फूलबहादुर गौतम दर्जीसँग मिलेमतो गरेको जनाउँदै प्रहरीले दर्जीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

  • न्युज बहार संवाददाता

थप