चैत
१५, काठमाडौँ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकहरूको पदस्थापन भएको छ।
चार जना
एआइजीहरूको पदस्थापन मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो।
बैठकले
एआइजी श्याम ज्ञवालीको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन
गर्ने निर्णय गरेको हो।
यस्तै, किरण बज्राचार्यको केन्द्रीय
अनुसन्धान ब्युरो (सिआइबी)मा पदस्थापन गरिएको छ भने टेकप्रसाद राईलाई राष्ट्रिय
प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरेको छ।
यता प्रहरी
प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापालाई राखिएको छ।
उनीहरूले
यसअघि प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा प्रदेश प्रमुखको जिम्मेवारी
सम्हालेका थिए।
उनीहरूको
बढुवा भएसँगै पदस्थापन गरिएको हो।
- न्युज बहार संवाददाता