बैशाख
१७, बिराटनगर। अरुण नदी थुनिएको करिब आठ
घण्टापछी पुनः बग्न थालेको छ। सङ्खुवासभाको मकालु गाउँपालिका ३ र ५ नम्बर वडामा
निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा सुख्खापहिरो खसेपछि
थुनिएको अरूण आठ घण्टा पछि बग्न थालेको हो।
पहिराले
थुनिएको अरूण नदी विस्तारै भरिएर ड्याम माथिबाट बग्न थालेको हो।
जिल्ला
प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले अरूण नदी थुनिएको आठ
घन्टापछि ड्याम भरिए बग्न थालेको जानकारी दिएका छन। आज दिउँसो ३ बजेदेखि नदी आफ्नै
धारमा फर्किएको उपरीक्षक गोदारले बताएका छन।
- न्युज बहार संवाददाता