जेठ ८, विराटनगर । १६ वर्षअघि भएको सामूहिक बलात्कारपछि हत्याको घटनामा संलग्न भएको आरोपमा सुनसरीको धरानबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले २०६४ साल मंसिर २३ गते धर्मशालाको कोठामा विभत्स अवस्थामा मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षपछि दुई जनालाई पक्राउ गरेको हो । डीएसपी मल्लले दुवैले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको बताएका छन।
- न्युज बहार संवाददाता