Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नयाँ निर्देशिका अनुसार अब प्लस टु पास गरेपछी मात्र विदेश पढ्न जान पाइने।

  •   ४ वर्ष अघि | २८ चैत्र २०७९, मङ्लबार

चैत २८, काठमाडौँ। नेपाल सरकारले विद्यालय तहका विद्यार्थीलाई विदेश पढ्न जान रोक्ने गरी निर्देशिका ल्याएको छ।

अबदेखि विदेश पढ्न जानका लागी कक्षा १२ पास गर्नु पर्ने नयाँ नियम लागु हुन लागेको छ। यसअघि १० कक्षा मात्र पढेर भाषालगायत विभिन्न कोर्सका लागि विद्यार्थी विभिन्न देश जाने गरेकामा अब १२ कक्षा पास नगरी पढ्नको लागी बिदेश जान नमिल्ने भएको छ।

फागुन १८ गते सरकारले निर्देशिका जारी गर्दै वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर, एनओसी) मा कडाइ गरेको हो।

शिक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका बेला एनओसीमा कडाइ गर्ने निर्देशिका ल्याइएको थियो। नेपालमा पहिलो पटक ल्याइएको यो निर्देशिका गत चैत १९ गतेदेखि लागु भइसकेको जानकारी प्राप्त भएको छ।

यो निर्देशिका अनुसार नेपाली विद्यार्थीले विदेशमा उच्च शिक्षा पढ्ने प्रयोजनका मात्रै अनुमति पाउनेछन्।

शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिव कृष्णप्रसाद काप्रीले स्नातक र त्यसभन्दा माथिल्लो तह पढ्न विदेश जाने विद्यार्थीले मात्र एनओसी लेटर दिन मिल्ने गरी निर्देशिका बनेको जानकारी गराएका छन।

सहसचिव कृष्णप्रसाद काप्रीले विद्यार्थीलाई एनओसी लिन सजिलो होस् भनेर अनलाइनबाट सेवा दिन लागिएको पनि उनले बताएका छन।

  • न्युज बहार संवाददाता

थप