साउन २५, पोखरा । पोखरामा २४ तोला सुनसहित एक महिलालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ ।
प्रहरीले झापाको बिर्तामोड नगरपालिका-१ स्थायी घर भएकी र हाल काठमाडौँ बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पक्राउ गरेको जनाएको छ ।
कल्पना गुरुङलाई काठमाडौँबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो । यस विषयमा बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीले भने ‘कहाँबाट कहाँ लैजाने हो र कसको हो भन्ने अनुसन्धान भइरहेको छ।’
- न्युज बहार संवाददाता