फागुन ९, बुटवल । गण्डक नहरमा दुई नाबालक
छोरा सहित एक महिला बेपत्ता भएकी छन । नवलपरासीमा रहेको गण्डक नहरमा बगेर एक महिला
आफ्ना दुई छोरासहित वेपत्ता भएकी हुन ।
महलबारी
बस्ने २९ वर्षिया प्रतिमा थारू उनका दुई नाबालक छोरा ९ वर्षीय क्रिश र ७ वर्षीय
सुमित गरी नवलपरासीको सुस्ता गाउँपालिका-२ मा पर्ने हरकपुरास्थित गण्डक नहरमा हाम
फालेको प्ररम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले बताएका छन ।
डिएसपी भोजराज पाण्डेले भने ‘प्रतिमाका श्रीमान्
वैदेशिक रोजगारीमा गएका छन्, के कति कारणले हाम फालिन भन्नेबारे अनुसन्धान भइरहेको
र नहरमा बेपत्ता तीनै जनाको खोजी भइरहेको छ’ ।