साउन २७,
चितवन । चितवन जिल्लामा पालिएका केही कुखुराहरुमा ‘चिकेन एनेमिया’ नामको भाइरस
देखिएको
छ । विगत तीन महिनामा यहाँको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले गरेको
अध्ययनका क्रममा उक्त रोग भएको पुष्टि भएको जनाएको छ ।
चितवनसहितका
जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको र कार्यालयले एलाइजा प्रविधिबाट गरीएको
परीक्षणका क्रममा यो रोगको सङ्क्रमण भएको पुष्टि भएको कार्यालयका प्रमुख डा
विजयकुमार श्रेष्ठले जनाएका छन ।
९२ नमूना
परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमूनामा यो रोगको पुष्टि भएको डा श्रेष्ठले
जनाएका छन । यस रोगले कुखुराको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्दछ
। प्रतिरोधात्मक क्षमता कम हुँदा अन्य रोगले कुखुरामा आक्रमण गर्छ ।
यो रोग
लागेको कुखुराहरुमा तौल नबढ्ने, रक्तअल्पदा हुने, उत्पादनमा कमी आउनेजस्ता
लक्ष्यण देखिन्छन।
- न्युज बहार संवाददाता