बैशाख
२८, धादिङ। धादिङमा एक जना पुरूषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
जिल्ला
प्रहरी कार्यालयका एसपी गौतम मिश्रले हिजो बुधबार राति ११ बजे गल्छी गाउँपालिका-८
मा रहेको शानदार होटलका सञ्चालक निरज पण्डितले स्थानीय विनोद थापा मगरमाथि धारिलो
हतियार प्रहार गरेको जानकारी दिएका छन।
केही आपसी विषयमा विवाद हुँदा होटल सञ्चालक पण्डितले थापा मगरमाथि आक्रमण गरेका थिए।आक्रमणबाट घाइते भएका थापा मगरलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा ल्याइएको थियो तर उनको उपचारका क्रममा नर्भिक अस्पतालमा उनको मृत्यु भएको हो।
- न्युज बहार संवाददाता