Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन लुकाउने नयाँ तरिका, कपडामा सुनको लेपन लगाएर तस्करी

  •   २ वर्ष अघि | ३१ बैशाख २०८१, सोमवार

बैशाख ३१, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले दुई व्यक्ती लाई पक्राउ गरेको छ। दुई भारतीय नागरिकलाई सुनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा  ३४ वर्षीय मोहनकुमार गणेशन र ३३ वर्षीय सुरेश कुमार रहेका छन्।

उनीहरू सोमबार बिहान करिब ३ बजे फ्लाइ दुबईको एफजेट ५७५ नम्बरको विमानबाट काठमाडौँ ओर्लिएका र शंकास्पद देखिएपछि कपडा जाँच गर्नेक्रममा लकपडामा सुनका लेपन लगाइएको फेला पारेको कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जनाएका छन । 

पक्राउ परेकाहरुले प्रहरीलाई उनीहरूले नयाँ कपडा किन्दा नै कपडामा सुन लेपन रहेको बयान दिएका छन् ।

प्रहरीले यसबारे थप अनुसन्धान गर्न उनीहरूलाई भन्सारमा बुझाउने तयारी गरिरहेको छ। 

 

  • न्युज बहार संवाददाता

थप