चैत २५, महोत्तरी। मोटरसाइकल र गाडी एक-आफसमा ठोकिँदा पूर्व-पश्चिम लोकमार्गमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीले बर्दिबास स्थित पूर्व-पश्चिम लोकमार्गमा दुर्घटनामा मृत्यु भएका व्यक्त्ती गौशाला नगरपालिका वस्ने ३० वर्षिय मनिष कार्की रहेको जनाएको छ ।
प्रहरी नायव उपरिक्षक विजय यादवले विपरित दिशावाट आएको प्रदेश.३ ०३-००१ ज ०२९७ नम्बरको विङगर गाडी र प्र.२ ०४-००१ प १३२७ नम्बरको मोटरसाइकल एक-आफसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो ।
- न्युज बहार संवाददाता