Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नुवाकोटमा ग्यासको सिलिन्डर पड्किएर आगलागी ।

आगलागीमा अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको छ।

  •   ४ वर्ष अघि | १६ फाल्गुन २०७९, मङ्लबार

फागुन १६, नुवाकोट। ग्यासको सिलिन्डर पड्किएर नुवाकोटस्थित बेलकोटगढी नगरपालिका– ८ पाँचखालमा आगलागी भएको छ। बेलकोटगढी जिलिङ पाँचखले स्थित विश्वनाथ पुडासैनीको घरमा आगलागी हुँदा साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन। उनका अनुसार उक्त आगलागीमा अन्नपात, भाँडाकुँडा, लत्ताकपडा जलेको तर कुनै मानवीय क्षति भने भएको छैन ।

पुरानो घर ढुङ्गा, माटोले बनेको र जस्ताले छाएको घर आगलागीमा परेर पूर्णरुपमा जलेको हो। आगलागी पश्चात विदुर नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो। 

  • न्युज बहार संवाददाता

थप