चैत ४, त्रिशुली । चालु शैक्षिक
सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने
विद्यार्थीलाई नुवाकोटको म्यागङ गाउँपालिकाले नगद रुपैयाँसहित सम्मान गर्ने घोषणा
गरेको छ।
गाउँपालिकाको
उपाध्यक्ष सीता तामाङले हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा
उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी
दिएकी छिन।
उनका भनाई
अनुसार एसइईमा ४ जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार र ३.६ देखि
चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजारसहित सम्मान गर्ने
निर्णय भएको छ।
यो व्यवस्था
चालु शैक्षिकसत्रदेखि नै सुरु गर्न लागिएको र आवश्यक बजेटको सुनिश्चितता भइसकेको छ
भने कानुनी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ।
- न्युज बहार संवाददाता