कार्तिक १८, जाजरकोट । जाजरकोट र रुकुम पश्चिमव
जिल्लामा भूकम्पमा परी ३६ जनाको मृत्यु भएको छ।
अहिलेसम्मको
अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका कर्णाली
प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छन ।
ढकालले रातिको
समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको बताएका छन ।
हालसम्मको
सूचनामा रुकुम र जाजरकोटमा सबैभन्दा धेरै क्षति भएको प्ररम्भिक विवरणले जनाएको छ ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार
राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गए थियो ।
- न्युज बहार संवाददाता