Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बाल सुधार गृह भक्तपुरबाट भागेका २६७ बालबालिका पक्राउ ।

  •   ३ वर्ष अघि | ४ भदौ २०८०, सोमवार

भदौ ४, काठमाडौँ । बाल सुधार गृह तोडफोड गरेर भक्तपुरबाट भागेका २६७ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले बाँकी ३१ जनाको भने खोजीकार्य भइरहेको जानकारी दिएका छन ।

भागेका बालबालिकालाई  काठमाडौं र भक्तपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। 

बाल सुधार गृहमा २५५ जना बालक र ४३ जना बालिका गरी २९८ जना बालबालिका थिए। 

आइतबार बिहान रामेछाप मन्थलीका १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि परिवारले सुधार गृह अगाडि नाराबाजी र तोडफोड समेत गरेका थिए।

डिएसपी पाठकले त्यही विषयलाई लिएर सोमबार पनि नाराबाजी भइरहेको समयमा त्यहाँ बसिरहेका बालबालिका तोडफोड गरेर भागेका जानकारी दिए।

  • न्युज बहार संवाददाता

थप