मंसिर १९, काठमाडौँ । साढे ३वर्षअघि
चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा रुकुम
पश्चिम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत दोषी ठहर भएका छन ।
यस घटनामा पहिले नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । तीमध्ये केही अहिले व्यक्ति फरार रहेका छन्।
जिल्ला अदालत रुकुमले नवराज विककी प्रेमिकाकी आमा र बाबुलाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला समेत सुनाएको छ ।
- न्युज बहार संवाददाता