जेठ २१, लुम्बिनी। शनिबार पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१२ तामनगरमा भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ ।
बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको बस र बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
- न्युज बहार संवाददाता