फागुन ४, नुवाकोट । नुवाकोटमा बस
दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। नुवाकोटमा भएको बस दुर्घटनामा २
जनाको मृत्यु भएको छ ।
त्रिशुलीबाट
खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिहीबार
अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा
२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले
जानकारी दिए। बिदुर नगरपालिका १२ चैनपुरमा
पल्टिएर दुर्घटना भएको हो ।
बसमा सवार २० जना घाइतेहरूको जिल्ला अस्पताल नुवाकोटमा उपचार
भइरहेको छ। दुर्घटनापछि
बसका चालक फरार भएका छन्। मृतक २ पुरूषको पहिचान खुलेको छैन। डिएसपी खड्काका अनुसार बस सडकबाट २० फिट तल
खसेको छ। प्रहरीले फरार रहेका चालकको खोजी गरिरहेको छ।