Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तिनकुनेस्थित पुलबाट बागमती नदीमा मोटरसाइकल खस्दा १ जनाको मृत्यु

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, काठमाडौँ । एक मोटरसाइकल काठमाडौँको तिनकुनेस्थित पुलबाट बागमती नदीमा खसेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले एक जना युवकको नदीमा मोटरसाइकल खस्दा मृत्यु भएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बा–०२–०३९ च ११९७ नम्बरको मोटरसाइकल बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गर्दा पुलबाट खसेको बताएका छन ।

प्रहरीका अनुसार यस दुर्घटनामा परेर मोटरसाइकल पछाडी सवार रहेका भक्तपुरको चाँगुनारायण घर भएका १७ वर्षीय सुशील गुरुङको मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई उद्धार गरी उपचारका लागी अस्पताल पठाइएको छ ।

  • न्युज बहार संवाददाता

थप