फागुन २९, काठमाडौँ । अपराधीलाई कारबाही
गर्न प्रहरीले कसैको आदेश कुर्न नपर्ने गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
गृहमन्त्री
लामिछानेले सार्वजनिक रुपमा अपिल गर्दै कर छली, गैरकानुनी काम, धाकधम्की, गुण्डागर्दी, तस्करीलगायतका अपराध गर्ने समूह र
व्यक्तिलाई कारबाही गर्न आदेश कुर्न नपर्ने समेत बताएका हुन् ।
मन्त्री
लामीछानेले आज मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाट्यस लेखेका छन ‘ऐन
पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो?, तपाईंले मलाई होइन मैले
तपाईलाई सलाम गर्ने गरि काम गर्ने गर्नुस।’
- न्युज बहार संवाददाता