Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भ्रष्टाचारका काण्डहरु खोल्दै जाँदा गठबन्धन भत्किने, सरकार ढल्ने कुराहरु किन आउँछन्? : मन्त्री धनराज गुरुङ

  •   ३ वर्ष अघि | ८ असोज २०८०, सोमवार

असोज ८, काठमाडौँ । सरकारले गति लिन खोज्दा ब्रेक लागेको टिप्पणी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गरेका छन् ।

आज सोमबार मन्त्री गुरुङले पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै सरकार अघि बढ्न खोज्दा हातखुट्टा बाँधिएको बताएका हुन् ।

मन्त्री गुरुङले भने ‘म त्यही मन्त्रिपरिषदको मन्त्री हुँ, तर बीच बीचमा ब्रेक अपर्झट ब्रेक लाग्छ, एकदम सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा अब कुदयो है भन्ने लाग्छ । त्यसपछि हावाकावा चल्छ, ब्रेक लाग्छ यो बडो चिन्ताको विषय बनेको छ ।’

उनले बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै भने मेरो यो निवेदन छ सभापति महोदय, यसरी एकदमै छिटो दौडिन खोज्दा हातखुट्टा बाँधियो भने सरकार अगाडि बढ्न नसक्ने हुन्छ।

उनले बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई नै प्रश्न गर्दै सरकारले भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार ढल्ने कुरा किन? जब हामी भ्रष्टाचारका काण्डहरु एकपछि अर्को खोल्दै जान्छौं तब फेरि यो गठबन्धन भत्किने कुराहरु किन आउँछन्? सरकार ढाल्ने कुराहरु किन आउँछन्? किन यसो भइरहन्छ भनेका छन ।

  • न्युज बहार संवाददाता

थप