Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

प्रतिपक्षमा हुँदा र सत्तापक्षमा हुँदा एउटै बोली र व्यवहार प्रदर्शन गर्नु पर्छ : ज्ञानेन्द्र शाही

  •   २ महिना अघि | १३ जेष्ठ २०८१, आइतवार

जेठ १३, काठमाडौँ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति आवश्यक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताएका छन् ।

आज आइतबारको प्रतिनिधि सभा बैठकको सुरुमै सभामुख देवराज घिमिरेसँग समय लिएर शाहीले यस्तो भनेका हुन ।

उनका अनुसार प्रतिपक्षमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्नेहरुमाथि छानबिन हुनुपर्ने बताएको तर, आफ्नो पार्टी सरकारमा गएपछि त्यसका लागि तयार नभएको उनले  टिप्पणी गरेका छन ।

राप्रपाका प्रमुख सचेतक शाहीले प्रश्न उठेपछि छानबिनका लागि तयार हुनुपर्ने भन्दै प्रतिपक्षमा हुँदा र सत्तापक्षमा हुँदा एउटै बोली र व्यवहार प्रदर्शन गर्न आगह गरे ।

 

  • न्युज बहार संवाददाता

थप