Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आजको दुई समुहको प्रदर्शन बारेमा के भन्छन कांग्रेस र रास्वपा?

  •   ३ वर्ष अघि | ७ मंसिर २०८०, बिहिबार

मंसिर ७, काठमाडौँ । आज काठमाडौँमा भएको दुर्गा प्रसाईं समूह र नेकपा एमालेको विरोध प्रदर्शनबारे राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसको भिन्नाभिन्नै टिप्पणी आएको छ ।

सत्ताको विपक्षी रास्वपाले यो बिरोध प्रदर्शन कसैको हितमा नभएको प्रतिक्रिया दिँदा सत्तापक्ष समेत रहेको कांग्रेसले आजको प्रदर्शनलाई आश्चर्यजनक भनेको छ ।

जनताविरुद्ध प्रतिपक्ष पनि सडकमा आउनु आश्चर्यजनक भएको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन । उनी भन्छन्, ‘जनता सरकारसँग असन्तुष्ट हुँदा जनताको प्रतिनिधित्व संसदीय प्रणाली भित्रैबाट विपक्षीले गर्नुपर्ने हो, तर, जनताविरुद्ध प्रतिपक्ष पनि सडकमा आउनु आश्चर्यजनक र अचम्म लाग्दो कुरा हो ।’

यता संसदको चौथो ठुलो दल रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले दुर्गा प्रसाईं र एमालेले गरेको दुवै प्रदर्शन देश र जनताको हितमा नभएको बताएका छन ।

परियार भन्छन ‘मुलुकमा अहिले आर्थिक संकटको बेला छ, सबै मिलेर २०७२ सालको संविधानमा उल्लेखित कुरालाई जनताको जीवनमा देखिने गरी स्थापित गराउन लाग्नुपर्ने बेला यो गतिविधिले कसैलाई फाइदा गरेको छैन र आपसी भिडन्त तथा गाली गलोजले नमजा लागिरहेको छ।’ 

  • न्युज बहार संवाददाता

थप