भदौ
२, काठमाडौँ । पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको नेपाली कांग्रेसका
महामन्त्री गगन थापाले बताएका छन्।
शुक्रबार
इलामको फिक्कलमा आयोजित विचार गोष्ठीमा उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै
जाने बताएका हुन।
उनको
भनाइ अनुसार पार्टीको विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु
नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको हो।
महामन्त्री
थापाले भने, ‘सभापतिको
परम्परागत तरिका सहेर बस्दैनौँ, संघर्ष गर्छौँ, पार्टी बदलेरै छाड्छौँ, कांग्रेस बदलिए मात्र देशमा परिवर्तन
आउन सक्छ।’
- न्युज बहार संवाददाता