असार २३, काठमाडौँ । नेपालमा भगवान् रामको जन्म भएको यथार्थ भन्न डराउनु नपर्ने प्रधानमन्त्रीले केपी शर्मा ओलीले बताएका छन् ।
प्रधानमन्त्रीले ओलीले नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै राम नेपालमा जन्मिएको आफ्नो दाबीलाई दोहोर्याएका हुन् ।
यस विषय बोल्दै उनले भने, ‘हामी पर्यटनका कुरा गर्छौं तर नेपालमा राम जन्मिएका, अन्त कसैले भन्नुपर्यो नि, त्यत्तिकै कथा हालेर हुन्छ फलानु ठाउँमा जन्मिएको भनेर … , राम जन्मिएका नेपालमा हो, नेपालको भूमिमा पर्छ त्यो ठाउँ । उतिबेला पनि नेपालमै थियो भन्दिनँ म, के थियो के थिएन, अहिले त्यो भूभाग नेपालमा पर्छ ।’
- न्युज बहार संवाददाता