असार १३, काठमाडौँ । आजको प्रतिनिधी सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको बताइएका छन।
यससँगै उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने पनि बताएका छन ।
आजको बैठकमा प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको समेत बताएका छन् ।
- न्युज बहार संवाददाता