बैशाख ८, काठमाडौं
। गायक प्रकाश सपुतले उनको पछिल्लो गित ‘सकम्बरी’ लाई लिएर भइरहेको विवादमा माफी
मागेका छन् । आज उनले आज सामाजिक सञ्जालमा फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो
सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् ।
उनी लेखेका छन, ‘मेरो सिर्जनाले प्रत्यक्ष-अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’
उनको यस 'सकम्बरी' गितले पछिल्ला गितहरु जस्तै रिलिज भएको मात्र सात दिनमा एक करोडभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ ।
- न्युज बहार संवाददाता