Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विभिन्न तहबाट जिम्मेवारी लिन आग्रह आएकोले परिस्थितिको दबाबमा प्रधानमन्त्री बन्नु पर्यो: प्रधानमन्त्री सुशीला कार्की

  •   १ वर्ष अघि | २९ भदौ २०८२, आइतवार

भदौ २९, काठमाडौँ । नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले होइन, परिस्थितिको दबाबमा प्रधानमन्त्री बन्नुपरेको स्पष्ट पारेकी छन्।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेपछि कर्मचारी, सुरक्षाकर्मी लगायतलाई सम्बोधन गर्दै उनले देशका विभिन्न तहबाट जिम्मेवारी लिन आग्रह आएकोले आफू बाध्य भएर प्रधानमन्त्री बन्नुपरेको बताइन्। यस विषयमा उनले भनिन ‘सत्ताको भोग गर्न आएको होइन, जिम्मेवारी पूरा गर्न आएको हुँ।’

यसे क्रममा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सहजता ल्याउने र नयाँ पुस्ताको सोचअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले हालै सम्पन्न जनआन्दोलनका क्रममा २७ घण्टा लामो आन्दोलनमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै, सुरक्षापोष्ट, अदालत, सिंहदरबारजस्ता संवेदनशील संरचनाहरू जलेर नष्ट भएको बताइन्।

उनका अनुसार भौतिक संरचना फेरि बनाउन सकिन्छ, तर नष्ट भएका दस्तावेज र प्रमाणहरू गुम्दा ठूलो समस्या भयो।

  • न्युज बहार संवाददाता

थप