Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकार अब धेरै अगाडि नजाने प्रचण्डको दाबी

  •   २ वर्ष अघि | ६ चैत्र २०८१, बुधबार

चैत ६, काठमाडौँ । सरकार अब धेरै अगाडि नजाने दाबी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन्। 

 

अध्यक्ष प्रचण्ड भोली बिहीबारदेखि पुनः सुरू हुन लागेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियानका लागि आज बुधबार बारा पुगेका थिए । सोही अवसरमा सिमरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार धेरै अगाडि नजाने दाबी गरेका हुन्।

 

यस विषयमा उनले भने ‘त्यो टिक्ने र चल्ने वाला छैन, यसको जन्म नै अप्राकृतिक तरिकाले भएकाले यो धेरै अगाडि जाने कुरा छैन र यसले राष्ट्र र जनताको पक्षमा कुनै राम्रो काम गर्न सक्ने स्थिति पनि छैन।’ 

अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउन बनेको सरकार भएकाले यसले सुशासनको पक्षमा काम गर्न सम्भव नहुने अध्यक्ष प्रचण्डले दाबी गरेका छन । 

  • न्युज बहार संवाददाता

थप