Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

प्रहरीले आदेश विना नै दिनदहाडै मान्छे मार्ने हिम्मत गर्दैन : रवि लामिछाने

  •   ३ वर्ष अघि | १६ पुस २०८०, सोमवार

पुस १६, काठमाडौँ । बालकुमारीमा गृहप्रशासनले दुई युवाको हत्या गरेको । रास्वपाका सभापति तथा सांसद रवि लामिछानेले बताएका छन् ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सोमबार बालकुमारी घटनाबारे छलफलमा भाग लिँदै सांसद रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गएर रोजगारी गर्छु र पेट पाल्छु भन्दा गृहप्रशासनले गोली हानेर हत्या गरेको बताएका छन ।

लामिछानेले भने तपाईँलाई म स्पस्ट भन्छु देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु भन्ने आशा बोकेर गएको युवाको गृह प्रशासनले हत्या गर्यो। उनका अनुसार उच्च राजनीतिक नैतिकताको अपेक्षा गर्दै बालकुमारी घटनामा पूर्व सूचना हुँदाहुँदै पनि गृहप्रशासनले लापरबाही गरेको हो ।

उनले भने पहिला गोली चलेको हो कि मन्त्रीको गाली जलेको हो ? त्यसमा पनि तपाईँहरुको गोलमटोल जवाफ छ।प्रहरीले आदेश विना नै दिनदहाडै मान्छे मार्ने हिम्मत नगर्ने उनले बताए । 

 

  • न्युज बहार संवाददाता

थप