साउन ७, काठमाडौँ । पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले बताएका छन् ।
उनले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै केन्द्रीय कार्य समितिको बैठकमा यस्तो बताएका हुन्।
चौधरीको भनाई अनुसार पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम लगाउनु पर्छ यसो नगरे भविष्यमा विकराल अवस्था आउन सक्छ।
चौधरीले आफूले टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा कसरी सिध्याउने भनेर लाग्ने प्रवृत्ति भोगेको बताएका छन ।
- न्युज बहार संवाददाता