साउन ९, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन।
ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भेटिएको एक क्विन्टल सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ समेत माग गरेका छन् ।
उनले सानोतिनो संलग्नतामा भन्सारबाट एक क्विन्टल सुन पास नहुने भन्दै यसमा गृहमन्त्रीको संलग्नता छ कि छैन भनेर प्रश्न गरेका हुन ।
अध्यक्ष ओली कम्बोडिया भ्रमणबाट गएराति स्वदेश फर्किएका हुन। सोही फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यसमा गृहमन्त्रीले उहाँको संलग्नता छ छैन बताउनुपर्यो? यो काम सानोतिनो संलग्नताबाट त भएको छैन होला ? उहाँको चाहिँ संलग्नता छ कि छैन र छैन भने कसको संलग्नता छ, को छ यसमा ?’
- न्युज बहार संवाददाता