फागुन ११, काठमाडौँ । जसले आफ्नो जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।
आज संघीय
संसद् अन्तर्गतको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै लिङ्देनले आफू राजालाई
राज्य सञ्चालन र राजनीतिमा पूर्वराजालाई स्पेस दिनुपर्छ भन्ने पार्टीको अध्यक्ष
भएको बताएका छन ।
उनले यस विषयमा बोल्दै भने ‘म पूर्वराजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ
भन्ने पार्टीको अध्यक्ष हुँ, तसर्थ
मलाई जसले जति विरोध गरोस्, गणतन्त्र
जसले लडेर ल्याएको होस या विदेशीको बुइ चढेर ल्याएको होस् विरोध गरिरहन्छु ।’
- न्युज बहार संवाददाता