जेठ १३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंवम सांसद रवि लामिछानेले भ्रष्टहरुलाई नलखेटेसम्म विश्राम नलिने बताएका छन् ।
ललितपुर महानगर समितिको भएको भेलामा बोल्दै शनिबार सभापति लामिछानेले नेपाली जनताले भ्रष्टाचार निर्मूल पार्नु पर्यो भनेर घण्टी बजाएको समेत बताएका छन ।
लामिछानेले भने ‘भोट हाल्न अरु नेता नभएर होइन, पार्टी नभएर होइन, भ्रष्टाचार चाहिँ निर्मूल पार्नु पर्यो भनेर जनताले घण्टी बजाएका हुन्, जतिसुकै घेराबन्दी होस्, भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिने छैनौँ।’
- न्युज बहार संवाददाता