Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

महरालाई पक्राउ गरेकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिए सरकारलाई धन्यवाद

  •   २ वर्ष अघि | ५ चैत्र २०८०, सोमवार

चैत ५, काठमाडौँ । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई धन्यवाद दिएका छन् ।

महामन्त्री थापाले सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सरकारलाई महरालाई पक्राउ गरेकोमा धन्यवाद दिएका हुन् ।

प्रतिनिधिसभा बैठक  बोल्दै भने केही समयअगाडि तत्कालीन प्रतिपक्षी नेकपा एमालेले जोडदार ढङ्गले उठाएको थियो । शक्तिशाली मान्छे सुन तस्करी प्रकरणमा भएका छन् । उनीहरूमाथिको छानबिन त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट सही टुङ्गोमा पुग्न सक्दैन, तत्कालीन प्रतिपक्षको आशङ्का थियो की शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने सही साबित भयो, आयोगले प्रतिवेदन बुझाएको छ हामीले भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने सुन्यौँ । सरकारलाई धन्यवाद छ ।

  • न्युज बहार संवाददाता

थप