Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कुञ्जना घिमिरे भन्छिन् ‘म पनि त मान्छैनै हुँ।’

  •   ४ वर्ष अघि | १० चैत्र २०७९, शुक्रबार

चैत १० काठमाडौँ। कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको र ईनबक्समा आफ्नो नग्न तस्विरहरु आउन थालेको भन्दै आफ्नो मन दुखेको बताएकी छिन्।

कुञ्जनाले आज फेसबुक पोस्ट गर्दै लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम बरु रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’ उनले अगाडि लेखेकी छिन ‘म पनि मान्छे हुँ, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग।’

उनले आफ्नो श्रिमान धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् ।

उनले अन्तिममा लेखेकी छिन् ‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर।’

अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै धुर्मुस–सुन्तली सर्वत्र विरोधको केन्द्रमा रहेका छन् । 

  • न्युज बहार संवाददाता

थप